सरकारले दूरगामी महत्वको निर्णय नगरोस् – ओली

काठमाडौँ, १ मंसिर  ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको विचार व्यक्त गर्नुभएको छ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको एक अन्तक्र्रियामा उहाँले निर्वाचनपछि केन्द्रको शक्ति बाँडफाँड र संक्रमण अन्त्य हुन गइरहेको सन्दर्भमा सरकार त्यसबारे गम्भीर भएको नदेखिएको र प्रतिपक्षसँग संवाद नगरी स्वेच्छाचारी बन्दै गएको आरोप लगाउनुभयो विधिको शासन स्थापित गर्ने काममा ध्यान दिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न भागमा उम्मेदवारलाई लक्ष्य गरी हिंसात्मक आक्रमण बढ्दै गएकामा उहाँले चिन्ता प्रकट गर्नुभयो र भन्नुभयो– “जोबाट भएको भए पनि हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ । यो २१ शताब्दीको समाज सुहाउँदो सभ्य काम हैन ।”प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दाबी गर्दै उहाँले भन्नुभयो, “चुनावपछि मुलुकमा राजनीतिक र प्रशासकीय संरचना निर्माण गर्नुपर्ने चुनौती छ । जनतालाई संवैधानिक हकको प्रयोग र पहुँच दिने चुनौती छ ।”मुलुकसामु सन् २०३० भित्र दु्रत र दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने गुरुत्तर दायित्व रहेको पनि उहाँले उल्लेख गर्नुभयो उहाँले भन्नुभयो, “अहिले झिनामसिना कुरामा अल्झिने बेला हैन । ४० लाख विदेशिएका युवालाई १० वर्षभित्र स्वदेशमै रोजगारी दिने विषयमा ध्यान पुग्नु जरुरी छ ।” अबको व्यवस्थामा व्यक्तिको दक्षतालाई विना भेदभाव उपयोग गरिने, योग्य व्यक्तिलाई उपयुक्त ठाउँमा नियुक्ति दिइने र त्यसमा राजनीतिकरण नगरिने विश्वास पनि प्रकट गर्नुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?