२०७८,श्रावण,८,शुक्रवार

लोकतान्त्रिक शक्ति एक हुनुपर्छ ः प्रधानमन्त्री देउवा

२०७४,मङ्सिर,१,शुक्रवार १७:०२


बैतडी, १ मंसिर  ः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ आज बैतडीको पाटनमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि मंसिर १० र २१ गते हुने चुनावमा लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो यहाँका नागरिकले काँग्रेसलाई साथ दिएमा अबको चुनावपश्चात् पनि आफू नै प्रधानमन्त्री हुने ठोकुवा गर्दै बैतडी डडेल्धुरालगायत पहाडी जिल्लाको विकासमा आफू लागिपर्ने अठोट गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा यहाँका नागरिकले सबै कुरा खुलस्त भन्नसक्ने र आफू पनि ती गुनासा सुन्न तयार हुने प्रधानमन्त्रीले बताउनुभयो अहिले देशमा एमाले र माओवादीले अधिनायकवाद लाद्न खोजेकाले मुलुकलाई जोगाउन लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको चर्चा गर्दै उहाँले कम्युनिष्टको दबाबमा बस्ने कि प्रजातन्त्रको रक्षा गर्दै स्वतन्त्ररुपमा बस्ने त्यो निर्णय जनताको हातमा रहेको उल्लेख गर्नुभयो प्रधानमन्त्री देउवाले सुदूरपश्चिम सुन्दर पश्चिम भएकाले बैतडीको पाटनलाई स्मार्टसिटी बनाउने र पश्चिम सेती परियोजना र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो उहाँले प्रदेश नम्बर ७ लाई देशकै पर्यटकीय गन्तव्य बनाउन आफूले पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले आजै बैतडी र दार्चुलाका विभिन्न पाँच ठाउँका चुनावी आमसभालाई सम्बोधन गर्नुभएको छ । देउवाले बैतडीको पुर्चौडी, मेलौली, पाटनमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभा र दार्चुलाको सदरमुकाम खलंगा र मार्मा गाउँपालिकाको लटिनाथमा भएका आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(एमाले) का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सलाई तत्काल खारेज गर्न माग गरेका छन् । भट्टराईले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६