यस्तो छ पूर्व सञ्चारमन्त्री र बहालवाला सञ्चारमन्त्रीको चुनावी भिडन्त

–कुमार चौलागाईं

सिन्धुपाल्चोक, १ मंसिर ः पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ जिल्लाको दुई क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नंं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिष्पर्धामा भएकाले पनि अहिले यो क्षेत्र विशेष चर्चामा छ । चुनाव आउन १० दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाताबीच मतको अंकगणीय लेखाजोखासमेत हुन थालेको देखिन्थ्यो निर्वाचन नजिकिएसँगै उम्मेदवाररु भने बौद्धिक बहस र विकासे एजेण्डामा भन्दा घोचपेचको शैलीको प्रचारले प्राथमिकता पाएको छ । अहिले दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेलासमेत भन्न भ्याएका छन् । एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उहाँहरु भड्किलो प्रचार शैलीमा हुनुहन्छ । सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित हुनु भने बस्नेत २०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित हुन् । अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहिलो पटक आमने सामने भएको हो

सजिलो छैन बस्नेतलाई

बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन् । बस्नेतको तुलनामा सापकोटा कम परिचित छन् । यसअघिका दुईवटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं। २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भूभागले उनलाई खासै चिन्दैन ।

तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १८८ र माओवादी केन्द्रले १४ हजार ३८८ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६२९ र राप्रपाले आठ हजार ९२६ मत पाएको तथ्यांक छ । यसरी हेर्दा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५२१ मत बढी छ । त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन । तर मन्त्री बस्नेतले स्थानीय तहको आकडा प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा काम नलाग्ने बताउछन् । हुनपनि सो क्षेत्र बस्नेतको पकड क्षेत्र हो र विकासको दृष्टीले बस्नेतले धेरै प्रभाबकारी काम गरेको हुनाले उनलाई धेरै सहज रहेको कांग्रेस नेता कार्यकर्ताको भनाई छ ।

गठबन्धनका कारण जित स्थानीय तहको मतको विश्लेषण गर्दा पनि १० देखि १५ हजार मतान्तरले बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता अग्नि सापकोटाको भनाई छ । कुबिण्डेका बासिन्दासमेत रहेका सापकोटाले भने , “बीस वर्षमा काँग्रेस कुबिण्डे पस्यो भनेर भन्नु प्रचारको शैली मात्र हो ” उनले भने, कुबिण्डेमा पहिलो पटक काँग्रेस पस्यो भनेर अहिले जुन हल्ला फिजाइएको छ त्यो विल्कुलै गलत हल्ला हो , मओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा २०६४ साल,दोस्रो संविधानसभा निर्वाचन २०७० र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत काँग्रेसले उक्त ठाउँमा प्रचार प्रसार गरेको र स्थानीय तह निर्वाचनमा उक्त वडामा माओवादीले एक हजार ६८ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवारले १२० मत प्राप्त गरेको छ, अहिले आएर यसो भन्नु राजनीतिक यो प्रपोगण्डा मात्रै हो ।

बिगतका निर्वाचनमै दलका नेता, तथा उम्मेदवारहरुले गरेको बाचा एउटै पूरा नभएपछि स्थानीयवासीमा आक्रोश छ । गाउँमा खानेपानीको समस्या छ, सिँचाइको सुविधा छैन स्थानीय सीता माझीले भनिन् यसपालि हाम्रो वाचा पूरा गर्नेलाई भोट दिने हो यसरी हेर्दा जसले जनतालाई विकास र समृद्धिको विषयमा चित्त बुुझाउन सक्छ उसैको विजय सिन्धुुपाल्चोक १ मा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?