लमजुङमा खुल्ला फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । लमजुङको श्री सर्वानान्दन प्रा.विको खेल मैदानमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । श्री जिताकोट गोल्डेन फ्युचर युवा कल्व मध्य नेपाल न.पा १ जिता, लम्जुङको आयोजनामा यहि साउन २ गते बिष्णु बहादुर गुरुङ एण्ड मज्जा बहादुर गुरुङ खुल्ला रनिङ शिल्ड प्रतियोगिता हुन लागेको आयोजक टिमले जनाएको छ ।

\आयोजक टिमका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरु ले असार ३० देखि साउन १ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ । प्रतियोगितामा प्रथम, द्दितीय, उकृष्ट टिम र उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

खुल्ला फुटबल प्रतियाेगिता बिगत ५० वर्षदेखि सञ्चालन हुदै आएको क्लबका सदस्य बिपिन थापाले जानकारी दिए ।

गत वर्ष कास्कि, तनहुँ, चितवन, काठमान्डाै,सिन्धुपाल्चाेक लगाएत जिल्लाहरुबाट ५६ टिमकाे सहभागिता रहेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?