व्यालेटले गर्ने निर्णयलाई बुलेटले रोक्न सक्दैन:नेता महत

विप्लपले जिम्मा नलिनुले बाम गठबन्धनतर्फ शंका गर्न सकिन्छ : रमेश महत

नुवाकोट १ मंसिर । नेपाली कांग्रेसकाका केन्द्रिय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्य उम्मेद्वार डाक्टर रामशरण महतले जति नै सांघातिक हलना गरेपनि जनमतमा हमला कसैले गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार निर्वाचन प्रचारप्रसारको क्रममा नुवाकोटको ककनी गाँउपालिकामा उहा सवार गाडी लक्षित गर्दै बम प्रहार भएपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । शान्तिपूर्ण रुपमा निर्वाचनको प्रचारप्रसार गर्ने अधिकारमाथी हमलागर्दै संघातिक आक्रमण गर्नु जंगली प्रवृतीको उपज भएको नेता महतको प्रतिक्रिया छ । यस्तैगरी नेपाली कांग्रेस नुवाकोटका युवा नेता तथा क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभा उम्मेद्वार रमेश कुमार महतले घटना भएको यतिका समयसम्म कसैले जिम्म नलिनुले बाम गठबन्धनप्रति शंका गर्ने आधार देखा परेको बताउनुभएको छ । ०७० सालको चुनाब प्रचारप्रसारको क्रममा गाँउखर्कमा भएको आक्रमण प्रयासको स्मरणगर्दै नेता महतले भन्नुभयो “हिजो आक्रमण गर्न खोज्नेहरु आजपनि लुकिछिपी लागेनन् त कसरी भन्नु” । उहाले घटनाको सत्यतथ्य बाहिर ल्याउदै दोषीलाई कारबाहीको दायरामा सरकारसँग माग गनुभयो ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?