भाइको श्रीमती बलात्कार गरेको आरोपमा एक सैनिक कर्मचारी पक्राउ

appharu
0
Shares

काठमाडौं । डोटीमा भाइको श्रीमती बलात्कार गरेको आरोपमा एक सैनिक कर्मचारी पक्राउ परेका छन् ।

सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई आफ्नै भाइबुहारी बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

मदिराको नसामा रहेका कृष्णले आफूमाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

आरोपी विष्ट नेपाली सेनाको कुमार दलगुल्म सुपारीटार हेटौंडामा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?