काभ्रेको नमोबुद्धमा माइक्रोबस दुर्घटना, तीन जना घाइते

लोकपथ
42
Shares

काठमाडौं । काभ्रेको नमोबुद्धस्थित सेल्फीडाँडामा गएराति यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बा ३ ख ८३५९ नम्बरको सो माइक्रोबस इलामबाट काठमाडौंतर्फ आउँदै थियो । सो माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु–७ बस्ने २६ वर्षीया रिता आपागाईं र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते तीनै जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि लगेको थियो ।

रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?