बूढीगण्डकीमा अझै जल सतह खतरा तहभन्दा माथि, यी स्थानमा उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
0
Shares

काठमाडौं । आइतबार बिहान गोरखारस्थित बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम अझै देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र अझै बढ्ने क्रममा रहेको छ ।

महाशाखाका अनुसार त्रिशूली नदी बेनिघाटसम्म अति उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको छ । त्रिशूली नदी आसपासका क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जान भनिएको छ ।

त्यसैगरी मुग्लिङसम्म समेत बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गोरखा हुँदै उक्त बाढी त्रिशूली नदीमा सिसिने र त्यसले चितवन र नवलपरासीसम्मसमेत मध्यम जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह रहेको छ ।

बाढीको जानकारी सामाजिक सञ्जाल वा सरकारको आधिकारिक नम्बर १११५ मा सम्पर्क लिएर गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?