काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैँमा सर्वसाधारणहरुलाई टिका नलगाइदिने भएका छन् ।
हालै आएको बाढीका कारण जनधनको क्षति भएको र देश शोकमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले टिकाको कुनै कार्यक्रम नराखेको संवाद सचिवालयले जनाएको छ ।
त्यसो त यसअघिका वर्षहरुमा पूर्वराजा ज्ञानेन्द्रले निरन्तर सर्वसाधारणहरुलाई टिका तथा जमरा लगाइदिने प्रचलन थियो । निर्मल निवासमा दशैँको दिन पूर्वराजा ज्ञानेन्द्रसँग टिका र जमरा लगाउन जानेहरुको भीड लाग्ने गरेको थियो ।
‘…यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँमा पर्व सादगीपूर्ण मनाउने निधो गरिबक्सेको छ । साथै मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया