काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मरण मात्र नभई संकल्प गर्ने दिन बनाउनुपर्ने बताएकी छन् ।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना गर्दै आगामी दिनमा त्यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन् ।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सडकमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जना युवाले ज्यान गुमाएका थिए । त्यसको भोलिपल्ट आन्दोलन थप चर्किँदा देशभर प्रदर्शन भएको थियो ।
गौतमले आन्दोलनका क्रममा सडकमा बगेको रगतलाई बिर्सन नहुने बताएकी छन् । उनले युवाहरूको बलिदानलाई राज्य सुधारको आधार बनाउनुपर्नेमा जोड दिएकी छन् ।
उनले राज्यसँग शक्ति, सुरक्षा संयन्त्र र भीड नियन्त्रणका कम घातक उपाय हुँदाहुँदै पनि सडकमा गोली चलाइएको बताएकी छन् । त्यस क्रममा कलिला युवाहरूले ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।
मन्त्री गौतमले जेनजी आन्दोलनमा भएको बलिदानले भविष्यका सरकारलाई आफ्नो मर्यादा, सीमा र जिम्मेवारी सम्झाइरहने बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया