नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ ।
नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो ।
पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० हाराहारी? पुलमा क्षति पुगेको थियो ।
देवीघाटमा रहेको पक्की पुलमा क्षति हुँदा त्यसले वारीपारी आवतजावतमा समस्या पुर्याइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया