काठमाडौं । रसुवागढी बाढी प्रभावितहरुका लागि पर्वत जिल्लाको फलेवास नगरपालिकाले ३७ लाख रुपैयाँ सरकारलाई सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
रसुवागढी बाढीबाट ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्दै नगरपालिकाले राहतका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको हो ।
यसैगरी नगरप्रमुख गंगाधर तिवारीले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने बताएका छन् ।
यसैगरी पालिका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बाढी प्रभावितका लागि १० हजार सहयोग गरेकी छन् । कार्यपालिका सदस्यहरूबाट प्रति व्यक्ति ५ हजार र वडा सदस्यहरूबाट २ हजारका दरले रकम कट्टा हुने उपप्रमुख क्षेत्रीले जानकारी दिइन् ।
उनका अनुसार नगरपालिकामा कार्यरत उनका अनुसार नगरपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षक र
स्वास्थ्यकर्मीहरूको २ देखि ७ दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गरिने छ ।
वडा सदस्यदेखि नगरप्रमुख सम्मको समेत २ हजार देखि ४० हजारका दरले रकम कट्टा गरी राहत स्वरुप पठाइनेछ ।
त्यसो त जिल्लाका समाजसेवी, विभिन्न समूहहरु लगायतले समेत राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग उपलब्ध गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया