काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्यागङ गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तामाङलाई सोमबार साँझ काठमाडौंको बालाजुस्थित एक गेष्टहाउसबाट रंगेहात पक्राउ गरेको हो ।
अख्तियार स्रोतले लोकपथलाई दिएको जानकारी अनुसार गाउँपालिकाले सञ्चालन गरेको एक कार्यक्रमको बिल समेत भुक्तानी भइसकेको अवस्थामा तामाङले सम्बन्धित व्यक्तिलाई बारम्बार फोनमार्फत् अतिरिक्त रकम माग गरेको खुल्न आएको छ ।
यद्यपि थप विवरण भने आउन बाँकी छ….
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया