परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

लोकपथ
9.6k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । मानव तस्करीको सञ्जाललाई सघाएको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

उनीविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनीरूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोप उनीमाथि छ ।

भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलेको थियो ।

 पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?