नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ स्थित भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाउँदा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ ।
उनलाई झन्डै ८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइतेको स्थानीय चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया