काठमाडौंको बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, कस्तो छ अवस्था ?

लोकपथ
2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले आत्मदाह
प्रयास गरेकी हुन् ।

बौद्धमै खाजा घर चलाउँदै आएकी गुरुङले राति करिब ३ बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

प्रहरीका अुनसार घटना भएलगत्तै गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको हो ।

आत्मदाहको प्रयासबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?