काठमाडौं । ललितपुरको इमाडोलमा एक जना युवतीलाई एक्लै आफ्नो गोप्य अंग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ती पुरुष सरकारी कर्मचारी सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ ।
भट्टले आइतबार साँझ एक्लै हिँडिरहेकी ती युवतीलाई गोप्य अंग देखाएका थिए । ती युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरीले आरोपी भट्टलाई पक्राउ गरेको हो । प्रहरीसमक्ष उनले आफ्नो घर बैतडी बताएका थिए । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ ।
प्रहरीले सिसिटिभी फुटेज संकलन गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया