पोखरा बसपार्क निर्माणका लागि स्थानीयले थाले संरचना हटाउन [तस्बिरहरु]

लोकपथ
91
Shares

काठमाडौं । पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् ।

महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैं हटाउन सुुरु गरेका हुन् ।

व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् ।

विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन् ।

महानगरको सूचनाअनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बसपार्क निर्माण कार्यलाई अगाडि बढाउन स्थानीयले सकारात्मक पहलकदमी लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?