प्युठानमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । प्युठानमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका–१ को प्युठान–दाङ सडकखण्ड अन्तर्गत देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको हो ।

भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान भने अझै खुल्न बाँकी रहेको र दुर्घटनाबाट भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?