सूर्यमुखी तेलको प्याकेटमा मापदण्डभन्दा कम तौल, कम्पनीका सञ्चालक पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । छहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादन गर्ने ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् ।

सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर प्याकेजिङ तथा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा तेलको प्याकेटमा उल्लेख गरिएको तौलभन्दा कम परिमाण फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?