‘ए सुन सरकार सुनिदिनुपर्‍यो’ भन्दै कानूनका विद्यार्थीको मार्चपासः [तस्बिरहरु]

लोकपथ
70
Shares

काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुन अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएका छन् ।

सरकारले विश्वविद्यालयभित्र रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) तथा विभिन्न विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने तयारी गरेको भन्दै उनीहरूले उक्त कदमलाई ‘अधिनायकतावादी’ भएको आरोप लगाएका छन् ।

स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको आयोजनामा नेपाल ल क्याम्पसका विद्यार्थीहरूले बिहीबार प्रदर्शनीमार्ग क्षेत्रमा सरकारविरुद्ध मार्चपास गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले विद्यार्थी संगठनको अधिकार सुरक्षित गर्न, विश्वविद्यालयको स्वायत्तता कायम राख्न र सरकारको निर्णय फिर्ता लिन माग गरेका थिए ।

प्रदर्शनकारीले विद्यार्थी संगठनहरू लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै त्यसलाई समाप्त पार्ने प्रयासले शैक्षिक क्षेत्रलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?