बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–८ लुपुणबाट बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले ट्याक्टरमा चालकसहित दुई जना सवार रहेकामा बोहराको निधन भएको बताए । चालक सिगास गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय दानबहादुर धामी आफूहरूको सम्पर्कमा रहेको उनले बताए ।
ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया