वाईफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

लोकपथ
483
Shares

झापा ।  झापाको बाह्रदशी गाउँपालिका–२ मा वाई फाइको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गए राति आफ्नै घरमा वाईफाइको प्लग जडान गर्ने क्रममा नांगो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?