काठमाडौं । नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको सकारात्मक स्वागत गरेको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पश्चिम एसियामा भएको यस सम्झौतालाई शान्ति र स्थिरता प्रवद्र्धनतर्फको महत्वपूर्ण कदमको रूपमा उल्लेख गरिएको छ ।
नेपालले विवादहरूको शान्तिपूर्ण समाधानमा आफ्नो अडान दोहोर्याउँदै, अन्तर्राष्ट्रिय समुदायका प्रयासहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रालयले दिगो शान्ति र स्थिरता कायम गर्न सबै पक्षहरूलाई सहकार्य गर्न आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया