सुनसरी जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

लोकपथ
84
Shares

सुनसरी । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य सेवा प्रवाहबारे जानकारी लिएकी छन् ।

त्यस अवसरमा मन्त्री मेहताले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले क्रियाशील रहेको बताइन् ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सेवा भावनाका साथ बिरामीको उपचार गर्न पनि आग्रह गरिन् । मन्त्रीले सेवाग्राहीसँग प्रत्यक्ष कुराकानी गर्दै अस्पतालमा प्रदान भइरहेको सेवाको अवस्था पनि अवलोकन गरिन् ।

आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?