काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।
सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताएका हुन् । उनले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताए ।
सरकारको सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने उनको भनाई छ । बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको बताउँदै उनले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको बताए ।
उनले भने, ‘सरकारले राम्रो छनक ल्याएको छैन । जनताका दैनिक जीवनमा सहजीकरण गर्नको लागी कार्यक्रमहरु तत्कालै ल्याउनुपर्ने थियो । त्यसमा सरकार चुकिसकेको छ । अहिले मंहगी एकदमै चरमचुलीमा पुगेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सम्पुर्ण राष्ट्रिय जीवनमा नै प्रभाव पारिसकेको छ । निर्माणहरु सबै ठप्प हुने अवस्थामा पुगेको छ । जनताको दैनिक चुल्हो नबोल्ने अवस्थामा पुग्न लागेको छ । यस्तो अवस्थामा कसरी क्राईसिस म्यानेजमेन्ट गर्ने भन्ने कुरामा सरकार जानुपर्ने हो नी त ।’
उनले कृषिको मुख्य सिजन सुरु हुन लागेकोले मलको अभाव समाधान गर्न ध्यान दिन पनि सरकारलाई सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया