दुई वटा मोटरसाइकल दुर्घटनापछि जल्दा तीन विद्यार्थीको मृत्यु, तीन घाइते

एसईई परीक्षा दिएर फर्किएका थिए ती विद्यार्थी 

लोकपथ
63
Shares

काठमाडौं । महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीनजना विद्यार्थीको मृत्यु भएको छ । 

जलेश्वर–बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज मंगलबार भएको यो घटनामा उनीहरूको जलेर घटनास्थलमै मृत्यु भएको हो । सो घटनामा थप तीन जना घाइते भएका छन् । घटनामा तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरू एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएको बताए । 

प्रहरीले मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रूपमा जलेर नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?