बालेन सरकार आएपछि बिचौलियाको बिचल्ली, यातायात र नापीबाट ३२ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनसँगै यातायात कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरुमा प्रहरीले सक्रियता देखाएको छ ।

यसअघि त्यस्ता कार्यालयहरुमा आम सर्वसाधारणले दुख हैराउने पाउने गरेको गुनासो आउने गरे पनि गुनासो सुनुवाइ हुने गरेको थिएन । तर सरकार गठनको एक सातामा नै त्यस्ता कार्यालयहरुमा आम नागरिकले सहज रुपमा सेवासुविधा पाउन थालेका हुन् ।

ती कार्यालयहरुबाट प्रहरीले दैनिकजसो बिचौलियाहरुलाई पक्राउ गर्ने गरेको छ ।

आइतबार मात्रै प्रहरीले ललितपुरको लगनखेलस्थित नापी र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ ।

ती कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ति र अवरोध सिर्जना गर्ने बिचौलियाहरुलाई नियन्त्रणको लागी जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार नापी कार्यालयबाट २१ जना र यातायात व्यवस्था कार्यालयबाट ११ जनालाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?