ओली–लेखक बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश शर्मा र पोखरेलको इजलासमा

लोकपथ
175
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशहरु विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा हुने भएको छ ।

सर्वोच्च अदालतको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आज आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीशहरु शर्मा र पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

सर्वाेच्चले चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै दुवै जनालाई चैत १४ गते बिहान सबेरै प्रहरीले पक्राउ गरेको थियो ।

सो घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट श्रीमती यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?