चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

लोकपथ
350
Shares

चितवन ।  बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन  सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन् ।

नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?