ओखलढुंगामा आगलागी ५७ लाख बढीको क्षति

लोकपथ
63
Shares
फाइल तस्बिर

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन,सुनचाँदीलगायत घरमा रहेको १० लाख नगदसमेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?