काँकडभिट्टा र लौकही सडकमा नेपालकै ठूलो एनिमल पास बन्दै

लोकपथ
119
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो एनिमल पास निर्माण भइरहेको छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको झापा चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो । 

भारतबाट जगंली हात्तीहरू आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए  । 

एशियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट निर्माण थालिएको हो । बायो डाइभरसिटि अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको इ. महत बताउँछन् । भारतबाट आउने जगंली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ ।

यहाँ १५ मिटर चौडाई र ६ दशमलव ५ मिटर उचाइका २ वटा पुल निर्माण भइरहेको छ । 

पुल निर्माण भएसँगै हात्तीहरूको निगरानी राख्न सूक्ष्म क्यामेरा समेत जडान गरिने इ. महतले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?