बालाजु बाइसधारा जामाचो मेला भव्यताका साथ सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । यस वर्ष पनि काठमाडौं महानगरपालिका–१६ स्थित ‘बालाजु बाइसधारा जामाचो मेला’ धुमधामका साथ सम्पन्न भएको छ ।

बिहीबार बैशाख पूर्णिमाको अवसरमा सांगीतिक माहोलका साथ मेला सम्पन्न भएको हो ।

उक्त मेलामा अन्य वर्षहरुमा जस्तै यस वर्ष पनि ख्यातिप्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो ।

बालाजु बेष्ट युथ क्लबले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

काठमाडौंको महत्वपूर्ण मेला मध्ये मानिने बालाजु बाइसधारा मेलाको आफ्नै महत्व रहिआएको छ । उक्त मेलामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको समेत उपस्थित रहेको थियो । त्यहाँका स्थानीय लगायत काठमाडौं उपत्यकाबाट मेला हेर्न दर्शकको घुइँलो लागेको बालाजु बेष्ट युथ क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?