कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ वन कार्यालय नजिकै डुडेझारी सडकखण्डमा बिहीबार राति सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे भने थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया