नेपाल प्रहरीमा जवानदेखि डीएसपीसम्मको आवेदन माग

लोकपथ
245
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहका विभिन्न पदमा आवेदन खुलाएको छ ।

आज जारी गरेको सूचना अनुसार प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन दिन सकिनेछ ।

इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक्चर, अटोमोबाइल क्षेत्रमा आवेदन खुला छन् । विधि विज्ञानतर्फ बायोलोजी र रसायन, स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए पदका लागि आवेदन दिन सकिनेछ ।

प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ प्राविधिक प्रहरी जवानका लागि चैत २६ देखि वैशाख ३१ आवेदन प्रक्रियाका बारेमा थप जानकारी प्रहरीले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?