फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

लोकपथ
574
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको हो ।

नयाँ मूल्य अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँबाट बढेर १९९.५० रुपैयाँ पुगेको छ । दोस्रो र तेस्रो वर्गमा क्रमशः १८६ र १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर २०१ र २०२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि समान रूपमा बढाइएको छ । पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १६४.५०, १६६ र १६७ रुपैयाँ रहेको मूल्य बढेर १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिशिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?