काठमाडौं । सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सडक संघर्ष समितिले बिहीबार माइतिघरमा प्रदर्शन गरेको हो ।
सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा विक रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रर्दशन गरिएको सडक संघर्ष समितिले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको कुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया