काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३६ सय रुपैयाँले घटेर २ लाख ९४ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया