वर्षा रोकिएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

लोकपथ
28
Shares

 काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । 

मंगलबार बेलुकादेखि वर्षा रोकिएको र जोखिम कम भएको कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

मंगलबार साँझ ७ बजेदेखि पनौती, नमोबुद्ध, दाप्चा क्षेत्रमा भारी वर्षा भएपछि चौकीडाँडा–नेपालथोक खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो । 

वर्षा रोकिएपछि काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएका सवारीसाधन सञ्चालन भएको छ ।

निर्माणाधीन रहेकाले बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?