काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८३ सालको शुभकामनासहित नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकले लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको हो ।
नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहकहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा संग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरु र बजाउने शैलीसहितका तस्बिरहरु भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमाल राखेको छ । नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरु हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन् । यस कार्यले यिनीहरुको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया