निजी क्षेत्रको विकासका लागि व्यवसायीबिच एकता आवश्यक : राजेन्द्र मल्ल

लोकपथ
21
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबिचको एकता अपरिहार्य रहेको  बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो  बताएका हुन् । 

महासंघको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे  । उनले निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको तर निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए  । 

उनले निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूबिचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘आजको आवश्यकता भनेकै उद्यमी व्यवसायीको एकता हो । यो चुनाव हुन्छ, कोही हार्लान् कोही जित्लान्, तर चुनाव सकिएपछि हामी हातेमालो गरेर सँगै जानुपर्छ । हामीले विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका छौँ र यही रूपले हामी सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’

नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले व्यवसायीहरूका साझा समस्या समाधानका लागि सामूहिक प्रयासको विकल्प नरहेको स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?