नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द

लोकपथ
161
Shares

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायत क्षेत्रमा सडक स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले आजदेखि १९ चैतसम्म हरेक रात ६ घण्टा सडक बन्द गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको छ ।

पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले असुविधा भोग्नुपरेको गुनासो बढेपछि आयोजनाले अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै सवारीसाधन रोक्ने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?