म्याद थपका लागि पूर्वमन्त्री खड्कालाई अदालत ल्याइयो

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको छ ।

केहीबेरअघि उनलाई म्याद थपका लागि ल्याइएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले खड्कालाई आइतबार बिहान पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा खड्का पक्राउ परेका हुन् ।

उनलाई लिन बिहान प्रहरी उनी बसिरहेको निवासमै पुगेको थियो । उनले आफूले कानुनलाई पूर्ण रुपमा सघाउने भन्दै सीआईबीको टोलीसँग आएका थिए ।

त्यसो त खड्का जेनजी आन्दोलन हुँदा केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा मन्त्री रहेका थिए । जेनजी आन्दोलनका क्रममा उनको बूढानिलकण्ठस्थित निवासबाट ठूलो परिमाणमा रकम जलेको भिडियो समेत बाहिरिएको थियो ।

यता शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

ओली र लेखकको परिवारले उनीहरुलाई थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?