ओली र लेखक पक्राउप्रति अनेरास्ववियुको आपत्ति

लोकपथ
35
Shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा विरोध जनाएको छ ।

अनेरास्ववियुले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदम भन्दै कानुनी राज्यको उपहास भएको टिप्पणी गरेको छ ।

संगठनका अध्यक्ष दिपक धामीले जारी गरेको विज्ञप्तिमा सरकार बनेको २४ घण्टा नबित्दै शीर्ष नेतामाथि धरपकड गर्नु गलत भएको उल्लेख गरिएको छ । कानुनी रूपमा पुष्टि हुन नसक्ने आधारमा यस्तो कदम चालिएको भन्दै आलोचना गरिएको छ ।

अनेरास्ववियुले लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका नेताहरूमाथि यस्तो व्यवहार गर्नु निन्दनीय भएको जनाएको छ। साथै, वर्तमान सरकारको नियतमाथि पनि प्रश्न उठाएको छ ।

संगठनले पक्राउ परेका नेताहरूलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ । साथै, देशभरका आफ्ना संगठनहरूलाई यस विषयमा विरोध गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?