बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दियो : महेश बस्नेत

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आजैदेखि आन्दोलन सुरु गरिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनका कार्यक्रमबारे केही समयमा विस्तृत जानकारी सार्वजनिक गरिने जानकारी दिएका छन् ।

बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भएको उल्लेख गर्दै नेपाल विगतमा यसमा राम्रो उदाहरण रहेको तर पछिल्ला घटनाक्रमले राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको बताए ।

उनले बालेन शाह नेतृत्वको सरकारमाथि आलोचना गर्दै गृहमन्त्रीमा सुधन गुरुङ जस्ता अनुभवहीन र विवादित व्यक्तिलाई नियुक्त गरिएको आरोप लगाए । साथै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढाउने अवस्था सिर्जना भएको दाबी गरे ।

उनका अनुसार यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संकेत दिने बताएका छन् ।

बस्नेतले सरकारी सम्पत्ति सुरक्षा गर्न नसक्ने अवस्थाका बीच लोकतन्त्रका लागि लडेका नेताहरूलाई ठूलो संख्यामा प्रहरी परिचालन गरी पक्राउ गरिएकोप्रति दुःख व्यक्त गरे ।

प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट सुरु हुने प्रदर्शनमा सहभागी हुन उनले आह्वान गरेका छन् ।

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?