प्रधानमन्त्री कार्यालयको ‘वेबसाइट’ मा बालेनको तस्बिर, अन्य जानकारी अपडेट हुँदै

लोकपथ
315
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयको वेबसाइटमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को तस्बिर अपडेट भएको छ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर हटाएर शुक्रबार अपरान्ह बालेनको तस्बिर राखिएको हो ।

बालेनको तस्बिर राखिए पनि अन्य विवरण भने राख्न बाँकी रहेको जानकारी गरिएको छ ।

जहाँ प्रधानमन्त्रीको जीवनी, प्रधानमन्त्रीको सचिवालय लगायतको बारेमा अपडेट राख्ने गरिन्छ ।

शुक्रबार प्रधानमन्त्री नियुक्त भइ बालेनले शपथग्रहण, पदभार ग्रहण र पहिलो मन्त्रिपरिषद् बैठक समेत सकिएको छ । आजै अपरान्ह पूजापाठसहित बालेन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?