काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो ।
पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबिच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।
पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो ।
ग्रीन सिटी परियोजना अन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झण्डा सहित निर्माणाधिन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरुले इनरुवाको पर्यटन र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया