भिरबाट लडेर एक बालिकाको मृत्यु

लोकपथ
35
Shares

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भिरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताए ।

 मृतक बालिकाको शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?