रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

लोकपथ
35
Shares

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले जिल्लामा सञ्चालित ५० भन्दा बढी इँटा उद्योगका लाखौँ मूल्यबराबर काँचो इँटा नष्ट भएको छ । उद्योग व्यवसायीका अनुसार करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहले वर्षापछि उद्योगमा ठूलो नोक्सानी पुगेको पुष्टि गरे। राधाकृष्णा, बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी जस्ता उद्योगले ठूलो क्षति व्यहोरेको उनले बताए ।

इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले काँचो इँटाको बीमा प्रणाली सुरु गर्न सरकारसँग माग गरे । उद्योग सञ्चालक प्रेमशङ्कर यादवले उत्पादन लागत प्रत्येक इँटामा करिब तीन रुपैयाँ पर्छ भने वर्षापछि ठूलो आर्थिक घाटा परेको गुनासो गरेका छन् ।

जिल्लामा १६० इँटा उद्योग दर्ता भएता पनि हाल ५७ मात्रै सञ्चालनमा छन् र बीमा नहुँदा प्राकृतिक प्रकोपले उद्योगलाई थप जोखिममा पारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?