इरानको ऊर्जा पूर्वाधारमाथिको आक्रमण ५ दिनका लागि रोक्न ट्रम्पको निर्देशन

लोकपथ
84
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको सैन्य आक्रमण तत्कालका लागि पाँच दिनसम्म स्थगित गर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन् ।

सोमबार उक्त निर्णय सार्वजनिक गर्दै ट्रम्पले इरानसँग हालै सम्पन्न वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बताएका हुन् ।

उनले वार्ताबाट देखिएको प्रगतिलाई ध्यानमा राख्दै थप कूटनीतिक अवसर सिर्जना गर्न सैन्य कारबाही केही दिनका लागि पछाडि सारिएको स्पष्ट पारे ।

यसअघि संयुक्त राज्य अमेरिकाले इरानका ऊर्जा तथा विद्युत् पूर्वाधारलाई लक्षित गरी सम्भावित सैन्य प्रहारको तयारी गरेको थियो । दुई देशबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षा अवस्थालाई जटिल बनाउँदै लगेको थियो ।

तर पछिल्लो संवादमा देखिएको सकारात्मक प्रगतिपछि तत्काल युद्धको सम्भावना टरेको विश्लेषण गरिएको छ । ट्रम्पको यो निर्णयलाई मध्यपूर्व क्षेत्रमा तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?